नख्खु खोलाले बगाएर एक जनाको मृत्यु

२८ असार, काठमाडौं । नख्खु खोलाले बगाएर एक जनाको मृत्यु भएको छ । ललितपुर महानगरपालिका १३ का सुवेश बस्नेतको खोलाले बगाएर मृत्यु भएको हो ।
नख्खु पुल छेउमा कोरिडोरमा बसेको पर्खालमा हिँडिरहेका उनी नदीमा खसेका थिए । ३९ वर्षीय बस्नेतको शव वडा नम्बर १८ मा भेटिएको महानगरीय प्रहरी परिसर ललितपुरका डीएसपी नारायणप्रसाद चिमोरियाले जानकारी दिए ।

Comments

Popular posts from this blog

9 Most Beautiful Beaches In Europe You Should Visit This Summer

YELLOW LAPING RECIPE | How To Make LAPING | LAPHING | Nepali Street Food | Yummy Food World 🍴 96